कोरोना संक्रमण हुन नदिन सरकारले घरबाट बाहिर ननिस्कन गरेको अनुरोधले सोमबार राजधानीको वातावरणमा शान्त भएको छ।पसल खोलिएका छैनन् यातायात फाट्टफुट्ट चलेका छन्।लामोदुरीको यातायात रोकिएपछि एक जिल्लाबाट अर्को जिल्लासम पुग्ने यात्रुहरु संकटमा परेका छन्।कोही घरभित्रै क्वारेन्टाइनमा बसिरहेका छन्।सडक सुनसान छन् भने केही गाडावालहरु तरकारी बेच्न सडक निस्किएका छन्। अघिल्लो दिनको तुलनामा नेपाल बन्द झैं उपत्यकाको वातावरण सुनसान देखिएको छ।लगनखेल बजारमा तरकारीका गाढाहरु निस्किएका छन् भने रत्न पार्क,बानेश्वर,कोटेश्वर र कलंकीतिर पातलो गाडी गुडिरहेको न्युज किरण संवाददाताले रिपोर्टिङ गरेका छन्।