अब पाद्नेले १८लाख तिर्नुपर्ने

अष्ट्रेलियामा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मु’द्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद ।

पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछ ।

यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिइ काम गर्नै अप्ठेरो भएको र आफू प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर उनको छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई पनि छ ।

सहकर्मीको पाद्ने बानीका कारण आफू व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई भएन्। समाधानको अरु बाटो नदेखेपछि उनले अदालतको ढोका ढक्ढकाउनुपरेको भनाई छ ।

डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मी विरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग दाबी गरेर मुद्दा दर्ता गरेका छन् । दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफूले कोठामा सेन्ट छर्किने गरेको पनि भनेका छन् । यो मुद्दाको बारेको फैसला आउँदो शुक्रबार अदालतले अन्तिम फैसला गर्ने भनिएको छ को खबर BMC nepal .com बाट हामीले साभार गरेका हौं।

newskiran.com

newskiran.com

You May Also Like