नेपालमा कोरोना पोजेटिभ संख्या-१


सोमबार मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक जनामा कोरोना ‘पोजेटिभ’ देखिएको जानकारी गराएका छन्। टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक १९ वर्षीया शंकास्पद बिरामीमा कोरोना पोजेटिभ देखिएको छ । टेकुमा उपचाररत ती १९ वर्षीया नेपाली किशोरी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन्।

चैत ४ गते काठमाडौं आइपुगेकी उनलाई शंकास्पद कोरोना लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखेर उनको स्वाब परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सो कार्यक्रममा बताएका थिए ।

टेकु अस्पतालको आइसोलेसनमा हाल रोगीलाई उपचार भैरहेको मन्त्री ढकालले बताएका छन् । मन्त्रालयमा आकस्मिक बैठ्क राख्दा थप एक जनामा कोरोनामा ‘पोजेटिभ’ देखिएको जानकारी मन्त्री ढकालले गराएका हुन् ।

मन्त्री ढकालले किशोरीसँगको सम्पर्कमा आएका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको र विमानमा सँगै आएकालाई ट्रयाक गरेर क्वारेन्टाइनमा राखिने समेत बताएका छन्।

गत माघ १० चीनको वुहानबाट फकिर्एका एक नेपालीमा संक्रमण पुष्टि भएकोथियो र उनी उपचार पछि पुन: स्वस्थ भएर सामान्य जीवन बिताइरहेका छन्।अहिले पुन: दोस्रो रोगी फेला परेको मन्त्री ढकालले बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like