महालक्ष्मी नगर भित्र केही ग्याँस व्यवसायीले कृत्रिम अभाव सिर्जना गरे तुरुन्त कार्वाही गर्ने बताएको छ। महालक्ष्मी नगर पालिकाको ८ र १० गते बसेको बैठकले बिस हजार माक्स बितरण गर्ने निर्णय पारित गरेको छ।प्रति वडा दुई हजारको दरले माक्स जिम्मा लिएर वृद्ध,अशक्त र विशेष रोगीहरु पहिचान गरी वितरण गरिने छ।यस अघि स्कुलको परीक्षा सेन्टरमा पनि नगरले २ हजार माक्स वितरण गरिसकेको जनाएको छ।राहात वितरण बारे केही नभनिएको भएपनि कोरोना संक्रमण नफैलियोस भनेर टोल बासी आफ्नो सुरक्षा आफै गरोस भन्ने नगरको आशय त।ग्याँस चामल,तेल लगायतमा कृतिम अभाव श्रृजना गरेको सूचना पाइएमा नगरले त्यस्ता व्यवसायीलाई सिधै कार्वाही गर्ने सूचना जाहेर गरिसकेको बताएको छ।