डिसेम्बर ३१ बाट विश्वभर फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ हजार नाघेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले बताए अनुसार कुल १ सय ८९ देशमा कोरोना प्रवेश गरिसकेको छ । यस रोगबाट १४ हजार ४ सय ४१ को मृत्यु पनि भएको छ ।३ लाख ३७ हजार ७ सय ५४ कोरिया संक्रमित भइसकेका छन् ।
पछिल्लो २४ घण्टे रिपोर्टअनुसार इटालीमा ६ सय ५१, स्पेनमा ३ सय ७५, अमेरीकामा १ सय ,ईरानमा एक सय बढीको मृत्यु भएको छ भने फ्रान्समा कोरोनाको उपचारमा संलग्न एक डाक्टरकै मृत्यु भएको छ ।
स्पेननका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोनाले संसारलाई धेरै कठिन अवस्थामा पुर्याएको बताएका छन् । राष्ट्रका नाममा संवोधन गर्दै पेड्रोले यो समय आफैले आफूलाई मजबुत पार्ने समय हो भनेका छन् । न्यूयोर्क स्थित जेलमा समेत ३८ जनामा कोरोना देखिए पछि सन्त्रासमय बनेको छ ।
इटालीमा जस्तै अवस्था आफ्नो देशमा दुई साता भित्र आउन सक्नेभन्दै बेलायतले सबै नागरिकलाई सतर्क रहन चेतावनी दिएको बताइएको छ ।
यी हुन् सबैभन्दा प्रभावित १० देशहरु:-
देश संक्रमित- मृत्यु
१. ईटाली ५९,१३८ – ५४७६
२.चीन ८१०५४ – ३२६१
३.स्पेन २८६०३ – १७५६
४.ईरान २१,६३८ – १६८५
५.फ्रान्स १४,४५९ – ५६२
६.अमेरीका ३८,१६५ – ३९६
७.ब्रिटेन ५,६८३ – २८१
८.नेदरल्याण्ड ४,२०४ – १७९
९.द.कोरीया ८,८९७ – १०४
१०.भारत ३९६ – ७
यी बाहेक जापान लगायतका मुलुकमा पनि उल्लेख्य संख्यामा मानिसको मृत्यु भएको बताइएको छ ।एजेन्सी