नेपाल सरकार मन्त्रिपरिषद्ले ७ दिनका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेपनि पेट्राेलियम पदार्थ, ग्याँस आयात तथा ढुवानी निरन्तर चालु राख्न नेपाल आयल निगमलाई जानकारी गराएको छ।निगमले सेवामा निरन्तरता हुने भनेको छ।
साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भन्सारसंग समन्वय गरी पेट्राेलियम पदार्थकाे ढुवानी कार्य सूचारु राख्न हुन समेत जानकारी गराएको हो ।एकहप्ता भारत तथा चीनका सिमाना सरकारले बन्द गरेसँगै धेरैमा पेट्रोलियम पनि बन्द हुन्छ कि भन्ने भ्रम परेको थियो।