गोर्खाका सबै सरकारी कार्यालय ९ देखि २१ गते सम्म बन्द


विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गदै गोरखा जिल्लाको जिल्ला प्रशासन कार्यालय सहित सबै सरकारी कार्यालयको दैनिक सेवा प्रवाह बन्द भएको छ । कार्यालयहरुले सूचना टाँसेर सेवा बन्द भएको जानकारी गराएका छन् ।

गोरखा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नागरिकता, राहदानी, संघ संस्था दर्ता नविकरण, विभिन्न सिफारिसहरु, हातहतियार दर्ता र नबिकरण सेवा चैत ९ गते आइतबार देखि चैत २१ गते सम्म बन्द गरिएको बताएको छ ।

प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार जिल्लाका अन्य कार्यालयहरुको पनि नियमित सेवा बन्द गरिएको छ ।

कार्यालयहरुको आन्तरिक काम चलेपनि सेवाग्राही लक्षित नियमित काम बन्द भएको रोकाले बताएका छन्। गोरखामा स्थानीय तह समेत गरि ५७ वटा सरकारी कार्यालय छन् ।

newskiran.com

newskiran.com

You May Also Like