२०७६ चैत ९ गतेको राशिफल हेर्नुहोस्


मेष:राज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नुको साथै आर्थिक उन्नतिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग छ।

बृष:शत्रुलाई परास्थ गर्दै आफ्नो काममा सफलता पाउँदा मनोवल बढ्नेछ सकार र अरुबाट सम्मान पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछन गरेका काममा सजिलै सफलता मिल्नेछ।

मिथुन:भाग्य कम्जोर हुनाले सानुतिनु काममा आट नआउने नैराश्यता र उदासिन्ताले सामाजिक कार्यमा आउने कठिनाइले मान प्रतिष्ठामा बाधा आउनेछ झुटा आरोप लाग्न सक्छ विश्वास गरेकाले धोका दिने योग छ।

कर्कट:प्रेमिकाले आलोचना गर्नेछन अकस्मात वैवाहिको कार्यमा अवरोध आउनेछ वैदेशिक कार्यमा सफलता नपाउने योग अरुको विस्वास आफु प्रतिरहनेछैन्।

सिंह:व्यपारमा र वैदेशिक कार्यमा प्रयत्न गर्दा सफलता पाउनाले मन प्रसन्न हुनेछ प्रेमका सहयात्री ले पाहिला पाहिलामा सजगता सहित सहयोग गर्नेछन विश्वास गरेकाले साथ दिनेछन् सकृय हुनु राम्रो हुन्छ।

कन्या:परिश्रमले आयमूलक कार्यमा अग्रस्थान मिल्ने छ जोस र जाँगर वढ्ने र नयाँ काम गर्न खोज्दा सफलता मिल्नेछ सैक्षिक क्षेत्रमा गरेका प्रयास हरुको सफलताले मन प्रसन्न होला।

तुला:आफ्नो गलत विचारका कारण मित्रहरुले सहयोग गर्नेछैनन पढाइमा गरेको प्रयासले सोचे जस्तो सन्तुष्ठी मिल्नेछैन मनोवल घट्ने वैदिशिक कार्यको तरखरमा भए सजिलो नहोला।

बृश्चिक:परिवारीक असहयोग र मित्र हरुको गुनोसले आटेका काम हरु ठूलै प्रयासले पनि सफलता मिल्नेछैन तपाइको परिश्रमको अवमुल्याङ्कन गर्ने छन विनाकारण समस्यामा पर्नुहोला।

धनु:परिश्रमको प्रभाव राम्रो सफलता मिल्ने र ठूला व्यक्तिको विस्वास प्राप्त हुनेछ नयाँकामको आराम्भ हुने र धन मानमा प्राप्त हुने छ नयाँकाममा संलग्नभै प्रसन्न हुने योग छ ।

मकर:कुरा काट्ने हरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिनेछन धन माल हराउन सक्छ दाँत मुख्मा पिडा हुने र स्वास्थमा बाधा आउने योग छ।

कुम्भ:मान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राप्त होला।

मीन:अरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन् विश्वास गरेकाले धोका दिनेछन् सजग रहनुहोला ।

newskiran.com

newskiran.com

You May Also Like