महालक्ष्मी नगरपालिकाको सडकमा पानी जलाम्मे, बाइक रोकियो,मेयरको आलोचना

ग्वार्को लामाटार हाइवे बनेपछि ह्वात्तै विकासले गति लिएको महालक्ष्मी नगरपालिकाको भित्री सडक भने यस्तो तालको रहेको छ । नेवारी समुदायको बाक्लो बस्ती अनि प्रायः एक आनामा बनेका घरहरु भेटिने र सरकारको घरजग्गा मापदन्डले नछोएको सानागाउँ सडकको अवस्था भने फेरिएको छैन् ।अघिल्लो पटक बासुदेव महर्जन वडाध्यक्ष र रामेश्वर श्रेष्ठ मेयर भएको बेला बाटो पिच गर्ने हल्ला फिजिए पनि पिच भएन ।अहिले ठुला ठुला परियोजनाका पछि लाग्ने हरिगोविन्द श्रेष्ठ र उपमेयर त्यहाँका स्थानीय हुँदा समेत सडकको यस्तो ताल रहेको हो ।
स्थानीयले भने अहिलेको मेयर करिडोर तिर लागेकाले हाम्रो डोर तिर हेर्न नभ्याई रहेका होलान भनी कटाक्ष गरेका छन् ।आलोचना के गर्नु र पछि सडक राम्रा-राम्रा भइहाल्छन् नी एक स्थानीयले न्युजकिरण डटकम अनलाइन खबरसँगको कुराकानीमा भने ।