काठमाडौं महानगरले गर्यो मन्दिर प्रवेशमा निषेध


काठमाडौँ महानगरपालिकाले भक्तजनहरुलाई मन्दिर प्रवेशमा निषेध गरेको छ ।प्रवेश निषेध गरिएका मन्दिरहरुमा भीडभाड नहोस् र कोरोनाभाइरस एक व्यक्तिबाट अर्कोमा नसरोस भनेर
महानगरले वडा नम्बर २२ को संकटा मन्दिर, महाँकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर र बटु भद्रकाली मन्दिरहरुमा भक्तजनलाई प्रवेश निषेध गरेको हो ।

महानगरले चैत्र ७ गते शुक्रबारदेखि लागु हुने गरी नित्यपुजा बाहेक भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले पच्चीसजना भन्दा बढीको भीडभाड यात्रा नगर्न सूचना जारी गरिसकेको छ।

newskiran.com

newskiran.com

You May Also Like