बीपी राजमार्ग बाहेकमा रुट पर्मिट खुला


सरकारले स्कुल कलेज लगायत संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको छ । बिपी राजमार्ग हाल रहेको मापदण्ड र अन्यमा जुनसुकै रुटका सवारी साधन गुड्न पाउने छन्।

काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी यात्रा गराउन यस्तो निर्णय लिइएको विभागद्वारा बताइएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जान सक्नेछन् । सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन् ।

इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता जान पाएपछि विभागले हाल १३ वटा रुटमा सञ्चालनमा रहेका नेपालभार मैत्री बस सेवा भने स्थगित गर्ने निर्णय गरेको हो ।

newskiran.com

newskiran.com

You May Also Like