जनसांस्कृतिक महासंघले गर्यो जेल डायरीको ४ घन्टा चर्चा परिचर्चा

अखिल नेपाल जनसांस्कृतिक महासंघले मोदनाथ मरहट्ठाको निबन्ध कृति जेल डायरी परिचर्चा कार्यक्रम गरेको छ । महासंघले शनिबार इच्छुक प्रतिष्ठानमा विभिन्न प्राध्यापक,लेखक तथा साहित्यकार अनि पत्रकार सम्मिलित परिचर्चा कार्यक्रम गरेको हो । समग्र माओवादी आन्दोलन र नेता कार्यकर्ता जेल सन्दर्भ विषयवस्तु संग्रह गरिएको निबन्ध जेल डायरी हो । उपत्यकाबाट नजिकै रहेको गोरखा जिल्लाको तात्कालीन माओवादी द्वन्दमा शिक्षक कर्मचारीहरुले जेलमा वा बाहिर बसेर कसरी दुख भोग्नु पर्यो साथै एकैघरका परिवार सहीद बन्दा त्यो समाजले कस्तो समस्याको पिडामा रहनु पर्यो आदि विषय जेल डायरीका विषयवस्तु हुन् । कार्यक्रमको उद्घोषण खेम थपलियाले गरेका थिए ।

कार्यक्रममा टिप्पणीकार हरुले आ-आफ्नो समिक्षात्मक कुराहरु राखेका थिए ।

मोफसल साहित्यकार गौरी देवकोटाले कृति राम्रो छ।खासै टिप्पणी गर्न जरुरत नभएको बताइन ्। उनले भनिन माओवादी द्वन्दमा घटेका एकै परिवारका घटनालाई विषयवस्तु बनाइएको छ ।


टिप्पणी गर्ने क्रममा लेखनाथ न्यौपानेले भने;जेलमा जेलरले भोगेका वास्तविकता कुराहरु निबन्ध कृतिमा अझ नआएको बताए ।उनले भने ठुला जेलमा हुने धेरै क्रियाकलाप छुटेका छन् । माओवादी द्वन्दमा घटेका स्थानीय घटना सामेल छन् ।जेलमा रहेका आफ्ना नजिकका आफन्त बाहेकका लाई कृतिमा समेटिएको छैन् ।कृतिका लेखक आफ्नो गुरु हुनाले खासै टिप्पणी गर्न मन नलागेको उनले बताए ।

प्राध्यापक डा ताराकान्त पान्डेले कृतिमा भूँइफुट्टा शब्दको प्रयोग र लेखकको मनोबल कमजोरीबारे स्पष्ट गरे ।उनले अहिले सेलीब्रेटीको जमाना हो ।गुनासो गर्ने होइन् । समाज अनुसारको कृति दिनु ठिकै हो तर कृतिमा विषय उन्नासी सालसम्मको राखिएकाले कहिलेको जेल डायरी भन्ने प्रश्न उठ्न सक्ने भने ।अहिले नियात्रा, संस्मरण र विवरणात्मक विषयवस्तुका लेखनले बजार तताएको महसुस गरिएको छ ।तर,समाजलाई चेतना दिने र परिवर्तन गर्न सक्ने कृति लेखकले पस्कनु पर्छ ।


जेल डायरी कृतिका अधिकांश कुराहरु आफूलाई मन परेको पान्डेले बताए । भुँडी पुराणका प्रकाशकले पनि कृतिबारे समीक्षात्मक टिप्पणी गर्न भ्याए ।उनले शास्त्रीय र प्रगतिशील पुस्तक छपाई गर्दै आएको प्रकाशनको तारिफ गरे भने युद्धले राम्राराम्रा मान्छे पछि पर्ने र संशोधन भएकाहरुले घटना बिर्सने हुनाले कृतिमा पनि त्यसको असर आउने टिप्पणी गरे ।

लेखक स्वयमले भने आफ्नै घर अनि जीवनका गराइ भोगाइका साथै तात्कालिक द्वन्द्वको विषयवस्तु कृतिमा आएको बताए । यो उनको चौथो कृति रहेको अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक हिरामणि दुःखीले बताए ।

उनले आजको पुस्तक परिचर्चासँगै महासंघका दुईघटकहरु मध्ये आफू संयोजक र अर्को घटक सहसंयोजक रहेको जानकारी गराए । पुस्तकलाई एकैपटक जगदीश भन्डारी, ताराकान्त पान्डे, गौरी देवकोटा, हिरामणि दुःखी, मोदनाथ मरहट्ठा, लेखनाथ न्यौपानेले सार्वजनिक रुपमा विमोचन पनि गरेका थिए ।जलपान सहित करीब ४ घन्टा टिप्पणीकारको बहसबाट कार्यक्रम सम्पन्न भएको थियो ।