क्रान्तिकारी ट्रेड युनियनले थाल्यो मजदुर जागरण अभियान


वैद्य माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान सुरु गरेको छ।अभियान कार्यक्रमले”रोजगारीको सुनिश्चितता र सामाजिक सुरक्षा हाम्रो सरोकार !, स्वदेशमा रोजगारी,तलब सेवा सुविधा हाम्रो अधिकार !” भन्ने मुल नारा पनि तय गरेको छ।भक्तपुरको बालकोटबाट अभियान प्रारम्भ भएको महासंघका केन्द्रीय अध्यक्ष ईश्वर तिमिल्सिनाले न्युजकिरण अनलाइन डटकमलाई बताएका छन्।तिमल्सिनाका अनुसार मजदुरका पेशागत हक अधिकार सम्बन्धी आवाजलाई बुलन्द गर्दै “कार्यकर्ता र नेताको सम्बन्ध ढुङ्गा र माटोझैं बनाउने समेत निर्णय महासंघले गरेको छ। संसार भरिका उत्पीडित मजदुरहरुको विशेष दिन मे १ हो।मजदुरहरु निरन्तर दु:ख र कष्टपूर्ण जिन्दगी बाची रहेका छन ।

सडक,मठ मन्दिर, स्कुल, हस्पिटल र ठुला ठुला महल मजदुरले नै बनायो तर मजदुर नै ती सेवाबाट बन्चित हुनुपरेको छ।झन अहिले कोरोना भाइरसले पनि यस्तै वर्गलाई बढी दुःख दिन थालेको छ।

newskiran.com

newskiran.com

You May Also Like