कोरोना भाइरसले नेपालमा एसईई परीक्षा स्थगित


चैत्र ६ गते विहिबारबाट लिइने भनिएको एसईई परीक्षा स्थगित भएको छ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २०७६-१२-५ गते बुधबार बसेको बैठ्कले एसईईमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बैठ्कले चैत्र मसान्त सम्मका लागि स्कुल बन्द गर्न समेत निर्देशन गरेको छ। नेपालमा बि स् १९९० सालदेखि नै एस एल सी परीक्षा दिन सुरु गरिएको थियो ।०७२ सालपछि नेपालमा हुने एस एल सी परीक्षा हटेर एसईईमा परिणत भएको थियो।

newskiran.com

newskiran.com

You May Also Like