लगनपछिको पोते के काम


हिन्दु संस्कार अनुसार दुलाहाले दुलहीलाई विवाहमा सिन्दुर हालिदिने र पोते लगाइदिने चलन छ।अहिले पनि पहाडतिर सिन्दुर हाल्ने समयमा पञ्चे बाजा बजाई पुरोहित पढाएर साइत एवम् लगन छोप्ने गरिन्छ।नेपाली उखानमै लगन पछिको पोते के काम भनिन्छ। सिन्दुर हाल्दा माइती पक्षले हेर्नु हुन्न भन्ने चलन रहेको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले प्राय:बुद्ध धर्म मान्य र सत्ताधारी अधिकांश नेताहरुको अन्तरजातिय विवाह रहेकाले अब हिन्दुवादी पहिचानका दाग लागेका समुदायले राष्ट्र र राष्ट्रियता जोगाउन अपरिहार्य भइसकेको छ।नेवारी समुदायमा दुलाहा पुज्ने र सिन्दुर पोते जोगाउने तरिका भिन्न छन्।गुफापछि बेललाई वर मानेर त्यसैलाई पुज्ने र सिन्दुर पोते अविवाहित नारीले लगाउने गरिन्छ।तर,शास्त्रीय मान्यतामा विवाह अघि सिंउँदोमा सिन्दुर र गलामा पोते लगाउनु हुँदैन्।चैत महिनामा विवाह गर्न पनि हुँदैन् ।

नेपाल सरकारले धर्म निरपेक्ष राज्य घोषणा गरिसकेको छ।राजा र राज तन्त्रको विरोध गरेको छ।हिन्दु धर्म मान्ने राजसंस्थाको त नामै सुन्न नचाहने धर्म निरपेक्षताका पङ्रुतिकार भेटिन्छन् तापनि ०१७ सालतिर राजा महेन्द्रले चलाएको संघियता समावेशीताको कार्यान्वयन भएको भन्ने मत नआएको चाहिँ होइन्। जे होस् काठमाडौंमा विभिन्न धर्मको प्रभाव छ।विवाह उत्सवमा रम्न र वैदेशिक संस्कृति भित्याउने प्रयासमा लाग्दा देश र जनताको भावना विपरीत कार्य गर्न कसैलाई समाजले छुट नदेला।विगतको इतिहासमा बताउनु भन्दा परिवर्तन आत्मसाथ हुनु ठिक हो।परिवर्तन गफमा होइन् कार्यान्वयन तर्फ उन्मुख हुन जरुरी छ।पाटनको कृष्ण मन्दिरमा पोते उन्ने गरिन्छ।हेर्दा विदेशी मुलुकको लाग्ने यी व्यक्तिले पोतेको महत्व बुझाएर बेच्दा कतै हामी हाम्रै संस्कार र संस्कृतिमा अनभिज्ञ त छैनौं जस्तो लाग्छ।

newskiran.com

newskiran.com

You May Also Like