विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबारमा अवस्थित कृष्ण मन्दिरको महिमा बढिरहेको बेला पर्यटनहरु बढ्न थालेका छन्।आन्तरिक पर्यटन होस् वा वाह्य पर्यटन राजा बस्ने दरबार आगनमै जोडिएको भगवान कृष्णको मूर्तिले कृष्ण लीला प्रतिविम्बित गरिरहेछ।स्कुल कलेज यही समय बन्द हुने क्रम जारी छ।फुर्सदका मानिसलाई घुम्ने ठाउँ पनि अनि मन्दिर दर्शन समय गर्न पाइने हुनाले पाटन दरबार र कृष्ण मन्दिरको पर्यटन महत्व दिनानुदिन बढ्दै छ।इतिहासका विद्यार्थीले राजा सिद्धिनरसिंह मल्लको चर्चा धेरै सुनेका थिए अनि एकाइस गजुर भएको पाटनको कृष्ण मन्दिर जहाँ कार्तिक नाँच पनि देखाइन्छ।नेवारी भाषा कला र संस्कृतिको ऐतिहासिक नगरी पाटन ०७२ सालको भूकम्पीय विनासले संरचनामा तहस नहस स्थिति भने नबनेको होइन्।