महराको शव झाडीमा, अनुसन्धान जारी

बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ ।

बुद्धनगर बस्ने २० वर्षीय बिमल महराको काठमाडौं बानेश्वर स्थित नदी किनारको झाडीमा शव भेटिएको हो ।
घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालिएको छ । प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने उनी लागू औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनास्थलमा रगत र सिरिन्ज पनि भेटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।