नेपाल शिक्षक महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै संसद सचिवालयमा संशोधनको लागि दर्ता

नेपाल शिक्षक महासङ्घ र विभिन्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको अनुरोधमा सांसदहरूले संसद सचिवालयमा शिक्षा
विधेयक दर्ता गराएका छन् ।

शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाल शिक्षक महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको राखी संसद सचिवालयमा सांसदहरूले संशोधन दर्ता गराएको बताइएको छ।
नेपाली काँग्रेसकाबाट माननीय सांसदहरू रमानाथ अधिकारी, हृदयराम थानी, देव प्रसाद तिमिल्सिना, मैना कार्की, रुपा विश्वकर्मा र मुक्ता कुमारी यादव रहेका छन् । नेकपा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय सांसद बलराम अधिकारी,अम्बरबहादुर रायमाझी, मेनुका कुमारी पोखरेल, रुक्मिणी राना बराइली , शान्ति श्रेष्ठ र नारायण प्रसाद आचार्य छन्। नेकपा माओवादी केन्द्र , नेकपा समाजवादी, जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले असोज २४ गते तोकिएको समयमा दर्ता गराउने तयारीमा रहेको महासङ्घले जनाएको छ । सबै सांसदहरूले महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै राखी संसद सचिवालयमा संशोधन दर्ता गराइएको छ ।