नेपाली कला र संस्कृति विश्व बजारमा पुर्याउन पर्यटन वर्ष मनाइ रहेको परिपेक्ष्यमा उपत्यकाका नेवारहरुले प्रायः आफ्नो कला र संस्कृति देखाउने गर्दछन्।आज फुल्चोकी मन्दिर पुजा गरेर फर्केका ललितपुरका नेवार समुदायले रातभर विभिन्न मन्दिर घुमेर दर्शन गर्ने गर्दछन्।बाजागाजा सहित विहिबार साँझ यसरी आफ्नो कला र संस्कृतिमा रमाइरहेका दृश्य न्युज किरण डटकमले हिंड्दा हिंड्दै क्लीक गरेको हो।वर्षमा एक दिन टोल तथा सहर भरिका सबै देवी देवता तथा मठ मन्दिरमा घुमेर त्यहाँका देवतालाई बाजा बजाएर जगाइन्छ।देवता जागेपछि नेवारी समाजमा सुब्बेफाब्बे हुन्छ भन्ने मान्यता रही आएको छ।