हरिकृष्ण गजुरेल र शिलु न्यौपाने धरौटीमा रिहाई

वैद्य माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने बुधबार साँझ रिहा भएका छन् ।उनीहरुलाई बूढानिलकन्ठ युरोकिड्स स्कुल लगायत ठाउँबाट जबर्जस्ती चन्दा उठाएको रसिद सहितको आरोपमा प्रकाउ गरिएको थियो। झुठा मुद्दा लगाइएका उनीहरुलाई बुधबार जिल्ला अदालत काठमाडौंले दश दश हजार धरौटीमा रिहा गरेको थियो ।

महानगरीय प्रहरी वृत महाराजगंज चक्रपथले जबर्जस्ती चन्दा ऐन लगाएर अदालतमा दायर गरेको मुद्दामा बुधबार भएको थुनछेक बहसमा न्यायाधीश कमलप्रसाद पोखरेलले विद्यार्थी नेताहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई अदालतले तोके बमोजिमको धरौटी लिएर बुधबार साँझ रिहा गरिएको अधिवक्ता फडिन्द्र कार्कीले जानकारी दिएका छन्।
बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु फडिन्द्र कार्की, देवकुमार मोक्तान, पेमा लामा लगायतले मुद्दाको विपक्षमा बहस गरेका थिए ।

प्रहरीले झुठा मुद्दा लगाएर विद्यार्थी नेताहरुलाई फसाउन खोजेको भन्दै संगठनले विनाशर्त रिहाईको माग गर्दै विभिन्न दबाबमूलक संघर्षका कार्यक्रम सञ्चालन समेत गर्दै आएको थियो । रिहाईको लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी संगठनले पनि बिना सर्त रिहाईको माग गरेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like