बास्कोटाको घरमा बम बिस्फोट

भक्तपुरको लोकन्थलीस्थित पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा अज्ञात समूहले बम विस्फोट गराएका छन् । बुधबार बिहान घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा फुटेको जानकारीमा आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगेर घटना कसले गरायो भन्नेबारे अनुसन्धान गरिरहेको छन्।

निडर र हक्की स्वभावका बास्कोटा यस अघि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएर बसेका व्यक्ति हुन्।
उनी विरुद्ध लागेको मुद्ध अख्तियारमा विचाराधीन छ ।बास्कोटाले अडियो टेप दुरुपयोग गरेर आफूलाई फसाइएको भनेका छन्।

newskiran.com

newskiran.com

You May Also Like