प्रधानमन्त्री सामान्य हुन अझै समय लाग्ने


मिर्गौला प्रत्यारोपण गरेर डाक्टरको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छे जस्तै सक्रिय हुन अझै समय लाग्ने भएको छ।उनलाई ६ महिनादेखि वर्षदिन पनि डाक्टरको निगरानीमा राख्नु पर्ने हुन सक्छ-उपचारमा संलग्न डाक्टर दिब्या सिंहको यो भनाई नागरिक न्युजमा प्रकाशित खबर हो।उनको उपचारमा संलग्न चिकित्सले बताएका छन् गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने अवस्थामा छन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधार देखिए पनि तत्काल डिस्चार्ज गर्न नहुने बताइन्। उनले डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने जानकारी भनेकी छिन्।प्रधान मन्त्रीको इच्छा बुधबार नै डिस्चार्ज हुने देखिन्छ तर ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौं, भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन’, उनले भनिन्। अहिले नै डिस्चार्ज गर्न सकिने भए पनि घरमा समेत अस्पतालको जस्तै ख्याल गर्नुपर्ने भएकाले उनलाई अस्पतालमै राख्नु वेश हुन्छ ।घर
परिवार स्रोतले पनि घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्न आग्रह गरेको डा. शाहले जानकारी दिइन्। प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने हुन्छ। औषधीको डोज बढी भएका कारण संक्रमणको खतरा रहे पनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यससम्बन्धी ज्ञान भएकाले संकट नआउने उनको भनाइ छ। डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट प्रधानमन्त्रीलाई जोगाउनुपर्ने बताएकी छिन्। सामान्य मानिसजस्तै हुन प्रधानमन्त्रीलाई कम्तीमा ६ महिना लाग्ने उनको तर्क छ।

newskiran.com

newskiran.com

You May Also Like