पूर्व प्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थमा समस्या देखिएकाले निवासमै आराममा छन्।
पार्टीका कार्यकारी अध्यक्ष दाहाल केही दिनदेखि रुघाखोकीले सताएर थलिएका छन् ।उनलाई घर बाहिर जान दिइएको छैन्। विश्वभर कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिपरहेको बेला संक्रमण हुन सक्ने सम्भावना भन्दै चिकित्सकले आराम गर्न र कसैसँग भेटघाट नगर्न सुझाव दिएपछि उनी अहिले आराम गरिरहेका हुन् ।
‘सामान्य रुघाखोकी हो,त्यसैले अध्यक्ष अहिले आराम गरिरहेकाले केही दिनका लागि भेटघाट बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालय स्रोतको दाबी छ ।
Loading…