महिलाहरुका रोजाइमा स्वस्थ र ह्यान्डसम पुरुष पर्न थाले

एकल महिला तथा पुरुष विदेशीएका महिलाहरुका छनोटमा पुरुष यौन व्यवसायी पर्ने गरेका छन् । एकजना महिलालाई सन्तुष्टि दिलाएबापत एकपटकको ५-१० हजारदेखि २०-२५ हजार रुपैयाँसम्म उनीहरुले लिने गरेको पाइएको छ । सम्बद्ध संस्थाहरुको भनाइ अनुसार पछिल्लो समय संगठित रूपमा नै पुरुष यौन व्यवसायीहरू सक्रिय भएका छन् ।बढदो बेरोजगारीको मारमा परेका बेरोजगार युवाहरुले अहिले सो पेसा अंगाल्न थालेका छन् । १० देखि २५ हजार सम्म दैनिक कमाइ गर्ने बेरोजगारी पुरुष यस्तो व्यवसायमा अहिले सक्रिय भएका हुन् ।

प्रायः उनीहरूले विदेशमा गएका नेपालीका श्रीमती, आर्थिक रूपमा सम्पन्न परिवारका महिला, लाहुरेका श्रीमती तथा एकल महिलालाई मुख्य निशाना बनाइ ग्राहक बनाउने गरेको पाइएको छ । अझ त्यस्ता समुदायका कतिपय महिलाले मसाज सेन्टर, बार तथा रेस्टुरेन्ट, होटेल, क्यासिनो तथा महिला यौन व्यवसायीमार्फत पुरुष यौन व्यवसायी खोज्ने पनि खोज्ने गरेका छन् ।

पुरुष व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधा पाउछन् । केही ब्यक्तिको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट र मोबाइल खर्चदेखि सपिङका लागि पैसा समेत महिला ग्राहकले दिने गरेका छन् ।एक पुरुष वेश्याको रुपमा कार्यरत व्यक्तिले नाम नभन्ने सर्तमा न्युजकिरण डटकम अनलाइनसँग भने सरदर २२ देखि ३२ वर्षका युवाहरु लाहुरेको श्रीमतीको रोजाइमा पर्ने गरेका छन् ।एकल महिलहरुको रोजाइमा भने ४० कटेकाहरु पर्ने गरेका छन् ।कतिपय श्रीमान र श्रीमतीको डिभोर्स भएका र श्रीमानसँगको अमिल्दो उमेर भएका,श्रीमानले चाहेजस्तो सन्तुष्टि दिन हरुका श्रीमतीहरु पुरुष वेश्यालय तिर धाउने गरेका छन् । उपत्यकामा करीब १३ भन्दा बढी स्थानमा महिला वेश्यालय रहेको बताउँदै उनले पुरुष वेश्यालय भने गुपचुप रहेको र खुलिसकेको कन्ट्याक्टमा मात्र हुने गरेको विभिन्न अध्ययनले देखाएको बताए ।