नेपाल विविध संस्कृतिले भरिएको देश हो।जहाँ आधुनिक-पुरातन संस्कृतिको अवलम्बन गरिन्छ।त्यो मध्ये होली पर्व एक हो।पहाडमा सोमबार र तराईमा मंगलबार गरेर होली पर्व दुई दिन मनाउने गरिन्छ।होली पर्व रङ्गोली पर्व हो।रङ उत्सव र महोत्सवमा प्राय:प्रयोग हुन्छ।नेपाल सरकारले दुई दिन सार्बजनिक बिदा गरेर होली संस्कृतिमा रम्न जनतालाई उत्साहित गरेको छ।जे होस् ०७६ साल कोरोना भाइरसले सबै चाड उत्सव र महोत्सवलाई धक्का दिइरहेको साल हो।शरीर स्वस्थ रहे जे गर्न सकिन्छ रोगबाट बचौँ भन्ने अफवाह फैलाउन जरुर छ।
होली किन मनाइन्छ जानौँ
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भइन्। तर, भक्त प्रह्लादलाई आगोले छुन सकेन र जीवित रहे।शक्तिको दुरुपयोग गर्ने ती पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका (भष्म) मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा सुरुवात भएको हो।
त्यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मरेकी थिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।