विश्वभर कोरोना भाइरस प्रकोप बढिरहेको परिप्रेक्षमा ललितपुर जिल्लामा पनि संयमता अपनाउन प्रशासनद्वारा विज्ञप्ति जारी गरिएको छ।सहायक जिल्ला प्रशासन प्रमुखद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘होलीमा फोहोरा नहान्न र विभिन्न कार्यक्रम,भोज भतेर नगर्न व्यक्ति संघ संस्थाहरुमा आग्रह गरिन्छ।काठमाडौ जिल्ला प्रशासनले पनि सोही व्यहोराको विज्ञप्ति जारी गरिसकेको जनाएको छ।