सिन्धुपाल्चोकमा रुघा खोकी संक्रमण फैलियो

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएको बताइएको छ।सिन्धुपाल्चोक जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्र अनुसार : ‘विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखिएको छ।रोगको परीक्षण तथा पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाइएको छ ।एक्कासी बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा लेखिएको छ।

यो पनि पढ्नुहोस्

चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको तर्क छ। उक्त पत्रिकाका अनुसार यसको सफल परीक्षण पनि भएको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा हालै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको हो । जस अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बिरुद्ध लड्नका लागि स्प्रेको बिकास गरी सफल परीक्षण समेत गरिसकेको छ।

यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको लागि प्रयोग गर्न असम्भव नै छ ।मुखमा स्प्रे छर्केर कोरोना भाइरसको बिरुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गरिएको पनि हो ।यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको छ ।सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीट कमेन्टमा भेटिन्छ ।यस्तो महामारीबाट बच्न बिश्वजगतको ध्यान चाँडै जान जरुरी छ।

newskiran.com

newskiran.com

You May Also Like