कोरोना आएपछि वैद्यको अभियान स्थगित

नेकपा क्रान्तिकारी माओवादी(वैद्य)को ललितपुर जिल्ला बैठ्क शनिबार कुपन्डोल कार्यालयमा बसेको छ।बैठ्कले फागुन २९ गते ललितपुर महानगरको,गोदावरी नगरको फागुन ३० गते र महालक्ष्मीको नगरको चैत्र १ गते बैठ्क राख्ने निर्णय गरेको छ। त्यस्तै,पार्टी भित्रका मोर्चाहरुमा चैत्र ८ गते देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)को र युवा मोर्चाको चैत्र २ गते बैठ्क गर्ने निर्णय गरेको छ।बैठ्कले सक्रियता बटुल्दै गरेको पार्टी स्रोतले बताएको छ।

नेवा:मोर्चाको र तामाङ मोर्चाको १० गते, विद्यार्थी मोर्चाको मिति पछि तोकिने गरी बैठक गर्ने निर्णय गरेको छ। महिला र मजदुर मोर्चाको चैत्र ३ गते,किसान मोर्चा र दलित मोर्चाको चैत्र ५ गते र पत्रकारहरुको चैत्र ९ गते बैठक तथा भेला गर्ने जिल्ला सेक्रेटरी श्याम केसी(दिपक)ले बताए।बैठ्कमा क प्रवेश,क सागर लगायत केन्द्रीय नेताहरु उपस्थित थिए।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सञ्चालन गर्दै आएको चार महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन बिस्तार अभियान’ स्थगित गरेको छ ।

कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतराका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन वैद्य किरणले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको नेतृत्वको मोर्चाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गर्दै आएका थिए।

कोरोना संक्रमणको सम्भावित खतराबाट जोगिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन क्षेत्रको व्यवस्था गर्न तथा आवश्यक डाक्टर, नर्स र औषधीको व्यवस्था मिलाउन वैद्यले सरकारसँग माग गरेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like