कोरोना भाइरस संक्रमण हल्लाले नेपालमा त्रासदी

‘कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएसँगै सरकारी र बोर्डिङ्ग स्कुलले यसै हप्ता परीक्षा गर्ने भएको छ।शिक्षा मन्त्रालयको निर्देशनपछि सरकारी तथा बोर्डिङ्ग विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेर गर्नमा जुटेको बुझिएको छ।चैत्र ३ बाट हुन लागिरहेको कक्षा ८ को परीक्षा चैत २९ बाट सुरु गरिने भएको छ।


कोरोनाभाइरसको त्राससँगै शिक्षा मन्त्रालयले कक्षा–१ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्रै सम्पन्न गर्न निर्देशन दिएसँगै विद्यालयहरु उक्त तयारीमा जुटेका हुन् ।मन्त्रालयले मंगलबार सूचना जारी गर्दै निजी तथा आवासीय विद्यालयहरुलाई चैत ५ गतेभित्र नै परीक्षा सक्न निर्देशन दिएको थियो ।

चैत ६ गतेदेखि सुरु हुने एसइई, वैशाख ८ गतेबाट हुने कक्षा–१२ र वैशाख २१ गतेबाट सुरु हुने कक्षा–११ को परीक्षा भने यथावत् राखिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी उपसचिव दिव्या दवाडीले बताइन् ।

प्याब्सन, एनप्याब्सनलगायतका संस्थाहरुले चैत ५ गतेभित्र नै परीक्षा सम्पन्न गर्न आफू मताहतका विद्यालयहरुलाई ‘सर्कुलर’ जारी गरिसकेका छन् ।शिक्षा मन्त्रालयको निर्देशनसँगै कतिपय विद्यालयहरुले कोरानाभाइरसको विरुद्धमा सचेतता कार्यक्रमसमेत सुरु गरेका छन् ।

शिक्षा मन्त्रालयको निर्देशनसँगै कोरानाभाइरसप्रति विशेष सजगता अपनाउँदै सोही मितिमा परीक्षा सक्ने गरी तयारीमा जुटेको विद्यालयहरुको भनाइ छ ।कोरानाभाइरसको जोखिमप्रति सचेत हुँदै शैक्षिक गुणस्तरलाई समेत कायम राख्न भने विद्यालयहरुलाई थप चुनौती थपिएको छ भन्ने खबर सुसान रामदाश र भरत केसीले लेखेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like