२३ गते आम शैक्षिक हडताल

काठमाडौं, २२, फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भोली २३ गते शुक्रबार देशैभरका विद्यालयहरुमा आम हडतालको घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी) का महासचिव पेशल दाहालले प्रेस वक्तव्य जारी गर्दै भोली २३ गते आम शैक्षिक आम हडतालको घोषणा जारी गरेका छन् ।

वैद्य माओवादी सम्बद्ध विद्यार्थीका दाहालद्वारा जारी विज्ञप्तीमा राष्ट्रियता, जनतन्त्र र जनजिविका संकटमा परेको, भ्रष्टाचार, कालोबजारी, महंगी, कमिसनतन्त्र राष्ट्रिय समस्या बनेर आएको
र पेट्रोलियम पदार्थमा लगाउन खोजिएको १० प्रतिशत विकास करको खारेजीको माग राख्दै शैक्षिक आम हडताल गरिएको छ ।

विज्ञप्तीमा विद्यार्थी जागरण तथा संगठन बिस्तारको अभियानमा सहभागी हुने क्रममा किड्स बुढानिलकण्ठबाट गिरफ्तार गरिएका संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई तत्काल रिहाईको माग गर्दै शैक्षिक हडतालको घोषणा गरिएको हो ।

newskiran.com

newskiran.com

You May Also Like