इष्टुले दियो सामाजिक सुरक्षा कोषमा धर्ना


काठमाडौ, फाल्गुन १९ – निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको संगठन(इष्टु)ले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्नुपर्ने माग राख्दै कोषको कार्यलयमा धर्ना दिएका छन् ।सोमबार संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) को आव्हानमा एक दिने धर्ना कार्यक्रम गरिएको हो। धर्नामा केन्द्रीय संरक्षक मुकुन्द गौतम, अध्यक्ष होम कुमार थापा ,महासचिव भोला चालिसे, राष्ट्रिय समिति सदस्य तथा उपत्यकाका तिनै जिल्ला समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति थियोे ।धर्नामा आवद्धता जनाउन शिक्षक महासंघ,नेपाल ट्रेड युनियन महासंघकाका प्रतिनिधि आएका थिए। इष्टु अध्यक्ष होम कुमार थापाले निजी विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गराउन सरकार कडा रूपमा प्रस्तुत नभएको गुनासो गरेका छन्।

थापाले माग पूरा नभएमा निजी विद्यालय संचालकहरुको संगठन प्याब्सन, एनप्याब्सनको कार्यालयमा धर्ना दिनुका साथै देशभरका निजी विद्यालायहरु बन्द गरी कडा आन्दोलन जान इष्टु तयार रहेको बताएका छन्। ध्यानाकर्षण पत्र बुझ्दै सामाजिक सुरक्षा कोषका कार्यकरी प्रमुख कपिल मणि ज्ञावालीले निजी विद्यालयहरुलाई सूचीकृत गराउन कोषले निरन्तर पहल गरिरहेको भनेका छन्। दोहोरो कर लगायतका योगदानकर्ताको जायज चासो सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताएका छन् ।उनले भने सबै संस्थाहरु ढिलोचाँडो कोषमा सुचिकृत हुनुको बिकल्प छैन्।

newskiran.com

newskiran.com

You May Also Like