नेपाली क्रान्तिका नायक तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भएको छ ।पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्मृति सभामा उनलाई दर्शक मञ्चबाट एक्कासी जुत्ता प्रहार भएको हो।राष्ट्रिय सभा गृहमा दाहालले भरत मोहन अधिकारीको संस्मरण चर्चा गरिरहँदा पूर्व माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका हुन्।तर,उनलाई जुत्ता प्रहारले कुनै असर नगरेको खबर रातो पार्टी न्युज लगायत विभिन्न अनलाइनमा समाचार छ्यापछ्याप्ती समाचार पोष्ट भएका छन्। नेपाली क्रान्तिलाई धोका दिएर माओवादी पार्टी एमालेमा बिलय गराएका दाहाललाई केहि वर्ष अघि भृकुटी मन्डपकै कार्यक्रममा माला लगाउने क्रममा एक कार्यकर्ताले थप्पड हानेका थिए।अहिले प्रचन्ड नेकपा डब्बलका अध्यक्ष हुन ।
वामगठबन्धन सरकारमा दाहालको सह्रानीय भूमिका पनि रहेको बुझिएको छ।तर, जुत्ता मञ्चसम्म आइ नपुगेकाले लाग्न पाएन ।उनी सम्बोधन सकेर बाहिर निस्कँदै थिए । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको सुरक्षा स्रोतले बताएका छन्।जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ ।