मुगुमा विद्यार्थीको कुटेर मृत्यु

मुगुको छायाँनाथ रारा नगरपालिका– ५, महाकाली नमुना मामिक विद्यालयमा अध्ययनरत दिलीप भामको कार्यालय सहयोगी अर्जुन सेजुवालले कुटपिट गर्दा मृत्यु भएको छ ।

सेजुवाल विद्यालयमा छायाँनाथ रारा नगरपालिका– १० स्थित विद्यालयको छात्रावासमा खाना पकाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सेजुवालको कुटपिटबाट मृत्यु भएका भाम फरक पहिचान भएका विद्यार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार सेजुवाललाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको छ । उनले भने, ‘मृतक दिलीपको बाहिरी चोटपटक कुनै देखिएको छैन् ।भित्री चोटपटक लागेर उनको मृृत्यु भएको हो ।

newskiran.com

newskiran.com

You May Also Like