मोडल खुस्बु ओलीलाई जिल्ला अदालतले २ वर्ष कैदको फैसला सुनाएको छ ।शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।
२ वर्षअघि ओलीले सप्तरीको राजविराज–८ मा बस्ने गोपाल कटुवालसंग जग्गा किन्न लागेको भन्दै व्याज सहित फिर्ता गर्ने सर्तमा ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्।उनले कटुवाललाई समयमा पैसा फिर्ता गर्न नगरेपछि उनी विरुद्ध मुद्दा परेको हो ।
अदालतमा उनी विरुद्ध ठगी मुद्दा दायर भएपछि अहिले ओलि सम्पर्क बिहीन भएकी छिन् ।