इष्टुले गर्यो नगर स्तरीय खुला बुद्धिचाल (चेस) प्रतियोगिता

संस्थागत विद्यालय शिक्षक युनियन (ISTU), हेटाैँडा उपमहानगर समितिकाे आयाेजनामा नगरस्तरीय शिक्षक कर्मचारी खुला बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ ।आज जीएस निकेतन माविमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो । सुन्दर, रचनात्मक एवम् बुद्धिचालकाे क्षेत्रमा ऐतिहासिक कार्यक्रम संयाेजन गर्ने इस्टु नगर समिति, सहयाेगी सङ्घसंस्था, प्रतियोगी १५ सामुदायिक तथा संस्थागत विद्यालयका २१ जना शिक्षक-कर्मचारी साथीहरू तथा विजयी शिक्षक-कर्मचारी मित्रहरू सबैमा इष्टुले हार्दिक बधाई ज्ञापन गरेको छ । इस्टु राष्ट्रिय समितिका उपाध्यक्ष एवम् वाग्मती प्रदेश इन्चार्जका दिपकले प्रमुख अतिथिकाे रूपमा कार्यक्रममा निम्त्या दिएकोमा इस्टु हेटाैँडा उपमहानगर समितिप्रति विशेष आभार व्यक्त गरेका छन् । आगामी दिनमा समेत यस्तै यस्तै रचनात्मक गतिविधिमार्फत जिम्मेवार,अधिकार र कर्तव्यप्रति सचेत शिक्षक-कर्मचारीलाई गाेलबद्ध गर्दै इस्टुकाे लक्ष्यप्राप्तिकाे मार्गमा लाग्न शुभकामनासमेत व्यक्त गरे ।