दोलखा भिमेश्वरमा विहीबार बिहानै पौने छ बजेदेखि निरन्तर पसिना आएपछि घण्ट शङ्ख बजाएर पूजा गरिएको छ। भिमसेनको शिलामा पसिना आए राष्ट्र, सरकार तथा जनतामा अनिष्ट हुने विश्वास गरिदै आएको पाइन्छ । शिलाको सबै भागबाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँबाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनविश्वास छ ।२०७० साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक नै पसिना आएको थियो ।
भिमसेनलाई पसिना आएको करिब दुई बर्ष पछि २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएको थियो।करीब ९ हजार मानिसको मृत्यु भूकम्पबाट भएको थियो । यो पटक आएको पसिना सहित दोलखा भिमसेनलाई १५ औं पटक पसिना आएको मानिएको छ । पानीको थोपा शिलाबाट निस्किए पछि पसिना आएको बिश्वास गरिन्छ । भिमसेनको शिलामा पसिना आउनुलाई ठूलो परिवर्तन वा अनिष्टको सूचक पनि मानिन्छ भने ॐ मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जनविश्वास रहि आएको छ ।दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो सँख्यामा धर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् ।
पसिना आएपछि राजदरबारलाई हानी पुर्याउने विश्वास स्वरुप पुछिएको कपासलाई पहिले दरवार पठाउने गरे पनि गणतन्त्र आए पछि २०६४ जेठ ५ गते पसिना आउँदा प्रधानमन्त्री कार्यालयमा र २०७० सालमा पसिना आउँदा पसिना पुछिएको कपासलाई ‘महाप्रसाद’ को रुपमा राष्ट्रपतिलाई पठाईएको थियो । भिमसेनलाई पसिना आउँदा मुलुककमा ठूलो राजनीतिक परिवर्तन, राजपरिवारमा अनिष्ट वा मानवीय क्षति हुँदै आएको छ । भिमेसनलाई पसिना आएको साल १९९० सालमा महाभूकम्प आयो भने १९९७ सालमा चार जना सहिदलाई फाँसी दिइएको थियो ।
यस्तै, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य, २०११ मा पसिना आएपछि २०१३ सालमा राजा त्रिभुवनको मृत्यु भएको थियो । यसैगरी २०१८ मा बाढि पहिरो, २०२८ मा राजा महेन्द्रको मृत्यु, २०३५ मा जनमत सँग्रह, २०४५ मा पसिना आए पछि २०४६ सालमा प्रजातन्त्र पुर्न वहाली भयो । २०५७ सालको माघ १ र १५ गते गरी एकै महिना दुई पटक भिमसेनलाई पसिना आएको थियो । त्यसको दुई बर्षपछि राजा बिरेन्द्रको पुरै बँश नाश भएको थियो । २०६१ सालमा पसिना आएको एक बर्ष पछि २०६२/६३ को जनआन्दोलन भएको थियो । यस्तै, २०६४ साल जेठ ५ गते पसिना आएको एक बर्ष पछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र घोषणा भएको थियो ।
२०७० साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । त्यसको करिब दुई बर्ष पछि २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भएको थियो । यस्तै २०७४ साल असोज १० गते पनि दिउँसो २ बजेट ५५ मिनेट जाँदादेखि ५ बजेर १५ मिनेटसम्म पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिएको खबर दोलखा डटकम अनलाइन लगायत धेरै मिडियाहरुमा प्रकाशित छ।