युग शताब्दी पुरुष मृत्युको आठौँ दिनमा


उपत्यकामा सत्यमोहनलाई शताब्दी पुरुष घोषित भइरहँदा युग शताब्दी पुरुष हरी बहादुर थापाको १०४ वर्षमा निधन भएको छ।पिता भिम बहादुर थापा र माता खिम कुमारी थापाको कोखबाट वि स् १९७२ पौष २२ गते गोर्खा ताकुमाझमा थापाको जन्म भएको थियो ।उनका ३ छोरा,१ छोरी,८ नाति,८नातिनी,५ पनाति र ९ पनातिनीहरु रहेका छन्।उनका श्रीमती लीला कुमारी थापा हुन्।उनका तिन छोरा मध्येका एक अम्मर बहादुर थापा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय कोषाध्यक्ष हुन्।बुधबार उनका पिता हरि बहादुर थापाको निधनको आठौं दिन शिक्षकका केन्द्रीय अध्यक्ष बिजय रत्न बज्राचार्य र पार्टी १,२ नम्बर प्रदेशका व्युरो इन्चार्ज हरिभक्त कंडेलको उपस्थितिमा जिल्ला पार्टी सम्मिलित शोकसभा बुधबार चितवनको चलाइएको थियो।

newskiran.com

newskiran.com

You May Also Like