फिल्म खेल्न नमान्दा नायक अनमोल परे पक्राउ

नायक अनमोल केसी विश्वासघात गरेकाे आरोपमा पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो ।
अभिनेता केसीले फिल्म ‘रावायण’ खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको तर फिल्म खेल्न नमानेका आरोप छ । सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् । अनमोलले फिल्म खेल्न मानेनन्। सोही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् । सुप्रिया फिलिम रामायणका निर्माण कर्ता हुन् । थप विवरण आउन भने बाँकि रहेको बुझिएको छ ।