क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंमा सागर

काठमाडौं फाल्गुन ६, नेकपा (क्रान्तिकारी माआवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पत्रकार सागर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निर्वाचित गरेको १५ सदस्यीय कमिटिको उपाध्यक्षमा जयनारायण दाहाल, सचिवमा प्रदिपकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोपालदास श्रेष्ठलाई निर्वाचित गरेको छ ।

भेलामा क्रान्तिकारी पत्रकार महासंघका ३ नम्बर प्रदेश संयोजक रनसुर महतराको, नेकपा (क्रान्तिकारी माओवाद)का काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं जिल्लाका अध्यक्ष बन्धुदेव पाण्डेले लगायतले सम्बोधन मनतव्य राखेका थिए।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य डिल्लिराम बोहरा, क्रान्तिकारी माओवादीका प्रदेश सदस्य राम नेपाली, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपाने पनि भेलामा उपस्थित थिए।

newskiran.com

newskiran.com

You May Also Like