उपत्यकामा सबारी जाम बढ्दै


काठमाडौं उपत्यकामा सडक जाम बढ्न थालेको छ।प्रायः बिहान बेलुकाको अफिस जाने आउने समयमा जाम पर्दा यात्रुहरु मर्कामा पर्न थालेका छन्। समृद नेपाल र सुखी
नेपाली नारा सरकारले केही महिना अघि पोल पोलमा लेखेर टाँस्दा लाग्थ्यो साँच्चै सरकार बिजुलीको पोलमा छ।अब जनताले बिजुलीको पोलमा मागपत्र पेश गर्लान वा धर्ना देलान् आदि ईत्यादि।जे होस् कुलमान भगवान लेखेर सफा ट्याम्पोमा लेखेका अक्षरहरु चाहिँ भगवानको वरदान नभएका होइनन्।कुलमानकै पालामा जनताले लगातार बिजुली बत्ती पाएपछि औद्योगिक हड्ताल भने स्वात्तै हटेको छ।मजदुरले काम पाएका छन् उद्योग चलेर नै हो।संबिधानमा गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,खाद्य,
रोजगार जनतालाई अनिवार्य सरकारले दिनेछ भनिएको छ।खयर त्यो दिन आगामी दिनमा सक्ला या नसक्ला।एक अफिसियल ड्रेसमा एक बाइक यात्रु हतार हतार दौडिरहेथे,अन्य यात्रु आफ्नो गन्तव्यमा हुँइकिरहेथे र भनिरहेथे यो उपत्यकामा किन जाम हुन्छ हँ!

यो तस्बीर न्युजकिरण अनलाइन खबरले काठमाडौंमा क्लीक गरेको हो।माक्स् लगाउन नपाइने हल्ला चलाउने गरी सडक सफा हुँदै रहेपनि उपत्यकाको सबारी जाम हटे समयको सदुपयोग हुन्थ्यो कि भन्ने यात्रुहरुको गुनासो सम्बन्धित निकायमा कहिले पुग्ला त?भक्तपुरका राम सुलसुले भने ,कस्तो जाम भन्या ढिला भइसक्यो घर जान अब बस छुट्छ।त्यसैगरी काभ्रेका सरिन नेवारले भने अफिस जान ढिला भइसक्यो कस्तो जाम के?”उनी दरबार नजिकै एक अफिसमा काम गर्न जान लागेका रहेछन्।

newskiran.com

newskiran.com

You May Also Like