९ साना गठबन्दन दलले लगनखेलमा जनसम्वाद गरेका छन्।जनसम्वादमा मानव सागर उर्लिदै गएपछि बल्ल उनीहरुको भाषण तेजमय बन्न थालेका छन्। जनसम्वादमा सम्मिलित दलहरुमा नेकपा (माले)राष्ट्रिय जनमोर्चा,नेकपा (माओवादी केन्द्र),नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल,नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषद नेपाल रहेका छन्।३ गते शनिबार उनीहरुले जिल्ला स्तरीय कार्यक्रम गरिसकेका थिए भने त्यसको लगतै २ दिन पछि सोमबार केन्द्रिय कार्यक्रम गरेका हुन्।कार्यक्रममा ९ दलकै केन्द्रिय व्यक्तित्वहरु उपस्थित थिए।
फाट्टफुट्ट भाषण सभा भइरहने लगनखेलमा केही पार्टीको यो पहिलो कार्यक्रम रहेको पनि बताइन्छ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र नेकपा मालेले भने विगतदेखि नै लगनखेललाई भाषण स्थल बनाइ सकेका छन्।नेकपा (क्रान्तिकारी माओवादी)र नेकपा(माओवादी केन्द्र)ले भने यो पहिलो केन्द्रिय कार्यक्रम भएको महशुस गरेका छन्।कार्यक्रममा अधिकांश समय नेताहरुले राष्ट्रियता जनतन्त्र र सिमा सुरक्षा बारे बोलेका थिए।देजमोका अध्यक्ष सिपी गजुरेलले सिमा समस्या, वैदेशिक लगानी र जनजीविका समस्याबारे बोलेका थिए।