पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले बताएको छ ।डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ भएको छ,यसअघि ११० रुपैयाँ थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेकोले अहिले मूल्यमा हेरफेर आएको हो ।मूल्य घटे पनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य चाहिँ अहिले यथावत राखिएको निगमले जनाएको छ ।

newskiran.com

newskiran.com

You May Also Like