सामाजिक सुरक्षा लागू गरियोस्:इष्टु

एककिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले राष्ट्रियता खत्तम पार्ने विद्यालयलाई कार्वाही गर्नुपर्ने बताएका छन्।शनिबार ललितपुरको एक कार्यक्रममा बोल्दै अधिकारीले थपे,’अहिले केही विद्यालयहरु राष्ट्रिय गान बजाउन नमान्ने र शैक्षिक गुणस्तरका नाममा मनलाग्दी पाठ्यक्रम प्रयोग गरिरहेका छन्?ती विद्यालयकै कारण राष्ट्रियता खत्तम हुँदैछ।’

कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रमुख कपिल मणि ज्ञवालीले एक लाख अढ्चालिस हजारले सामाजिक सुरक्षा कोषमा भाग लिएको बताए।उनले भने, सामाजिक सुरक्षा कोषमा ढिलोचाँडो सबैलाई आउन पर्ने सरकारी नीति आउँदै गरेको छ ।त्यसैले, यसमा लगानी कर्ता, सुरक्षा कोष र रोजगारदाताको त्रिपक्षिय भूमिका हुनुपर्छ। प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुले शिक्षा ऐन विद्यालय विनियम र श्रम ऐनको घेराबन्दीले आफ्नो विद्यालय चलाउन मुस्किल रहेको बताएका थिए।कम्पनी ऐन,सहकारी ऐन र साझेदारी व्यवसायको रुपमा संचालित विभिन्न वर्गका विद्यालयले सरकारको लगानी नभएकाले लगानीकर्ताकै सापेक्षतामा विद्यालय चलाउन पाउनु पर्ने उनीहरुको जिकिर थियो।

इ आइका सदस्य बाबुराम थापाले शिक्षकका पेशागत हक अधिकारका कुराहरुलाई लगानीकर्ता मालिकले मान्नुपर्ने बताए।इष्टु आयोजक रहेको सो कार्यक्रममा श्रमका सचिव,ललितपुर तथा काठमाडौंका शिक्षक शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।इष्टुले आयोजना गरेको वेतन र सामाजिक सुरक्षा बहस कार्यक्रमका संचालक होम कुमार थापा थिए।कार्यक्रम सकिए लगतै इष्टु केन्द्रिय सचिवालयको बैठ्क चलेको र बैठकले केही गोप्य निर्णय गरेकाले सार्बजनिक गर्न नमिल्ने जानकारी न्युजकिरण डटकम अनलाइन खबरलाई बैठ्क प्रतिनिधिले बताए।

newskiran.com

newskiran.com

You May Also Like