सुति सुति आन्दोलन थालेका शिक्षक शिक्षिकामाथि प्रहरी हस्तक्षेप

राहत शिक्षकहरुले गरिरहेको आन्दोलनमाथि बुधबार प्रहरी दमन भएको छ ।माइती घरबाट निस्किएको जुलुसलाई प्रहरीले दमन गर्दा करीब आधा दर्जन घाइते भएका थिए । घाइतेहरु मध्ये केहीको वीर अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा आन्दोलित शिक्षकहरु सल्लाह गर्दै:

आन्दोलनकारीका अनुसार प्रहरीले आजको आन्दोलनमा पटक पटक दमन गरेको थियो । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति असन्तुष्टि जनाउँदै सोही आन्दोलनका करार र पेन्सन बन्चित शिक्षकले निरन्तर संघर्ष गरिरहेका छन् ।

घाइते शिक्षक एम्बुलेन्समा

असोज ३ बाट सुरु भएको शिक्षकको आन्दोलन आज १० गते बुधबारसम्म आइपुगेको आन्दोलनमा सहभागी एक शिक्षकले बताए ।आज प्रहरी दमन तथा झडपमा परेर घाइते शिक्षक/शिक्षिकाको अस्पतालमा उपचार भइरहेको पेन्सन बन्चित एक शिक्षकले बताए ।

घाइते शिक्षकको उपचारका लागि रकम उठाउँदै :


घाइतेहरुका उपचारमा सहयोगको लागि विभिन्न प्रदेशबाट आएका शिक्षक शिक्षिकाबाट रकम सहयोग संकलन समेत गरिएको थियो । सामाजिक संजालमा सडकपेटिका रुख विरुवा भाँचिएको र सडक अवरूद्धले सवारी आगमनमा असर परेको टिकाटिप्पणी आउँदै गर्दा बुधबार आन्दोलित शिक्षकहरुले सुति सुति आन्दोलन थालेका थिए ।तर, प्रहरी प्रशासनले दमन गरेको थिएन् ।

घाइते शिक्षिकाहरु:

बिहिबारको कार्यक्रममा राति १२ बजे सम्म कालो पट्टी बाँधेर सडक अबरुद्ध गर्ने रहेको आन्दोलित शिक्षक स्रोतबाट जानकारीमा आएको छ । आधिकारिक निर्णय बेलुका सम्म आउने भनिएको छ ।