इष्टुले माग्यो नियुक्तिपत्र ;अन्तरक्रिया शनिबार

निजी शिक्षक हरुको छाता संगठन इष्टुले विद्यालयमा नियुक्ति पत्र नदिएका विद्यालयलाई चाँडो दिन मागेको छ।प्राप्त खबर अनुसार प्याब्सन एन प्याब्सन सँग विभिन्न सहमति र सम्झौता गरेर शैक्षिक र पेशागत आन्दोलन इष्टुले चलाइरहेको छ। यही फागुन तिन गते सामाजिक सुरक्षा कार्यान्वयन विषयमा विचार गोष्ठी समेत राखेको छ।

ललितपुरको लगनखेल आसपासमा शनिवार हुने अन्तरक्रिया गोष्ठीमा उपत्यकाका ठुला तथा निजी विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकालाई बोलाइएको इष्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापाले न्युजकिरण अनलाइन खबरलाई समाचार सन्देश पठाएका छन्।थापाले विगतमा वार्ता सहमति आन्दोलनहरु धेरै गरियो त्यो कार्यान्वयन धेरै विद्यालयहरुले अझै नगरेकाले अब नियुक्ति पत्र संचयकोष,उपदान अनि सामाजिक सुरक्षा कार्यान्वयनको मुद्दा लिएर इष्टुले प्रत्येक विद्यालयमा जाने सोच तयार गरिरहेको बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like