कालिकोट जिल्लाको पलाता गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सहिदको सम्झनामा पलातामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको छ।गाउँपालिका अध्यक्ष लक्ष्मण बमका अनुसार जनयुद्ध दिवसबाटै पलाता पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक तथा अन्य पर्यटनको आगमनमा वृद्धि गर्ने लक्ष्य रहेको छ। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले भने आर्थिक सम्वृद्धि भएमा सब चिज ठिक हुन्छ।