माघ २९ गते बुधबारको राशिफल हेर्नुहोस्

मेष:(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पती प्राप्त हुने हुँदा सुख सयलमा रमाउने समय रहेको छ। शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ।

बृष:(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा आमासँग सानो कुरामा विवाद बढ्ने योग रहेकोछ। पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलव्धी हासिल हुने छैन।

मिथुन: (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ।

कर्कट: (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

सिंह: (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

कन्या: (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ ।

तुला:(रा,री,रु,रे,रो,ता,ती,तू,ते) इच्छित चाहनाहरु पूरा हुनाले मन चङ्गा हुनेछ । भूमि, बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ ।

बृश्चिक: (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ।

धनु: (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ। खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ।

मकर: (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ ।

कुम्भ:(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथीसँग असमजदारि बढ्ने हुनाले कामहरु समयमा गर्न सकिनेछैन । व्यापार व्यापारमा लगानी गरेपनि आम्दानी कम हुनेहुँदा दैनिकी चलाउँन हम्मे हम्मे पर्नेछ ।

मीन: (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

newskiran.com

newskiran.com

You May Also Like