१.छिट्टै आवेगमा आउने:
आवेगमा आउने व्यक्तिले चिन्तन गर्दैन् । उसले आफ्नो जीवनमा घटिरहेका घटनामा अरुलाई दोषी मान्छ र तुरुन्त प्रतिक्रिया जनाईहाल्छ । आवेगमा आउने व्यक्तिले आफूलाई मात्र अप्ठ्यारोमा पार्दैन, आफ्नो वरिपरि भएका व्यक्तिलाई समेत अप्ठ्यारोमा पारिदिन्छ । आफ्नो वरिपरि भएका व्यक्तिलाई उसले आफ्नो आवेगको खाडलमा पुर्न खोज्छ ।
२.अनुत्पादनशील काममा बढी समय खर्चने:
अनुत्पादनशील काम जस्तै, सिंगारपटार मात्र गरेर बस्ने, यत्तिकै डुलेर दिन बिताउने, सामाजिक संजालमा बिना काम रात दिन झुन्डिने,गेम खेल्ने,जूवातास,फ्रि फायर,टिकटक आदिमा रमाउने जस्ता बानी भएका व्यक्तिले दिन यत्तिकै बर्बाद गरिरहेका हुन्छन् । उनीहरुसंग संगत गर्दा तपाईंको समय मात्र बर्बाद हुन्छ । उनीहरु संग संगत गरेर सिक्न सकिने, अगाडि बढ्न सहयोग हुने कुराहरु केही पाइदैन,बरु शफूसंग भएको आफ्नो रचनात्मक ज्ञान सोंच पनि हराउंदै जान्छ ।
३.अरुको कुरा काट्ने:
अरुको कुरा काटेर समय खर्च गर्ने व्यक्तिमा सिर्जनात्मक सोंचको कमी हुन्छ । जो व्यक्ति अरुको कुरा काटेर समय कटाउँछ र उसमा निकै निम्न स्तरको सोंच हुन्छ । ऊसंग संगत गर्ने व्यक्तिको समय बर्बाद मात्र हुँदैन, नकारात्मक मानसिकता पनि बढिरहरको हुन्छ । यस्ता व्यक्तिको संगत गर्दा आफ्ना व्यक्तिगत, व्यवसायिक तथा सामाजिक सम्बन्धहरुमा भारी असर पर्न जान्छ ।
४.परनिर्भर तथा आत्म पीडक :
परनिर्भर रहने व्यक्तिले कहिल्यै पनि आफ्नो काम आफैले गर्दैन् । त्यसैले, उसले तपाईंलाई कुनै नयाँ सोंच, सुचना त दिंदैन् नै तपाईंमा समेत अल्छी बानीको विकास गराइदिन्छ । अर्कोतर्फ, तपाईंले आफ्नो समय उसको कामको लागि खर्चिनुपर्ने हुनसक्छ । त्यस्तै, सधैं आफूलाई आत्म पिडक देखाउने व्यक्ति आफू त नकरात्मक सोंचबाट ग्रसित हुन्छ नै, तपाईंमा पनि त्यो तरंग उसले सारिदिन्छ । त्यो व्यक्तिले तपाईंले सधैं उसको कुरा सुनिदिए हुन्थ्यो भन्ने सोंच्छ । ऊ आफ्नो दलदल पीडाबाट निस्कन सक्दैन् र तपाईंलाई पनि उक्त दलदलमा फसाइदिन्छ अनि बिस्तारै तपाईंमा रचनात्मक सोंचको अभाव हुँदै जान्छ ।
५.आफूलाई सर्वज्ञानी ठान्ने:
आफूलाई सर्वज्ञानी ठान्ने व्यक्तिले आफ्नो संगतमा आएका व्यक्तिलाई मानसिक तथा अन्य रुपमा एउटा निश्चित घेरामा बाँध्न खोज्छ । उसले आफ्नो संगतमा आएका व्यक्तिमाथि आफ्नै कुरा मात्र थोपर्न खोज्छ। आफूलाई सबैले सम्मान गरुन् र आफ्नो संगतमा आएका व्यक्तिहरुले अरुसंग संगत नगरुन् भन्ने चाहन्छ । आफ्नो संगतमा आएका व्यक्तिलाई उसले आफ्नो कुराले दिमाग भरिदिन्छ र ऊ भन्दा बाहिरको संसार घातक छ भन्ने महशुस गराइ दिन्छ।
अव त बुझ्नु भयो होलानी किन यी पाँच व्यक्तिको संगत किन गर्नु हुन्छ वा हुँदैन् होला भनेर।