गोदावरीमा इष्टुको भव्य वनभोज कार्यक्रम


बिहान आठ बजे देखि साँझ झन्डै पाँच बजे सम्म आफ्नो पेशागत जिम्मेवारीमा रहनुपर्ने बाध्यतालाई बिर्सन निजी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक/शिक्षिकाहरुले बिदाको दिन पारेर रमाइलो गर्ने एक दिने सोच आएकाले इष्टुले वनभोज कार्यक्रम गरेको एक आयोजकले सदस्यले न्युकिरण डटकम अनलाइन खबरलाई बताए।वनभोज कार्यक्रममा इष्टुका केन्द्रीय अध्यक्ष होम कुमार थापा, उपाध्यक्षहरु अमल राई,देवीदत्त पौडेल,महासचिव भोला चालिसे,उपमहासचिव भवानी पराजुली,केन्द्रीय सचिव राम राई,केन्द्रीय सदस्यहरु सुरेन्द्र मिश्र,राम थुलुङ,श्याम केसी लगायत ललितपुर र काठमाडौँका जिल्ला पदाधिकारीहरुको सहभागिता थियो।

कार्यक्रममा स्वागत मन्तव्य भाषण पनि राखिएको थियो।मनतव्य भाषण दिंदै इष्टुका केन्द्रीय अध्यक्ष होम कुमार थापाले भनेका छन् हामी पारस शाह शिक्षक भएर हाम्रो संगठनमा आउँछन् भने पनि स्वीकार्छौं।उनले इष्टु कुनै राजनीतिक संगठन नभएकाले शिक्षकको पेशागत हक अधिकारमा सदा लडिरहने संगठन भएको बताएका छन्।इष्टुका संरक्षक मुकुन्द गौतमले आफ्नो संगठन देश-विदेशमा मौलाइरहेको जिकिर गरेका छन्।स्वागत मन्तव्य राख्ने अन्य वक्ताहरुमा केशब श्रेष्ठ,सुरेन्द्र मिश्र,सुरेश भट्ट र देवीदत्त पौडेल रहेका थिए।

वनभोज कार्यक्रममा प्राय: शिक्षक/शिक्षिका नाच्दै रमाइरहेका थिए।केही शिक्षक भने समूहमा वात मारिरहेका देखिन्थे ।मेस खुलेपछि सबै वनभोज ग्रहणमा तल्लीन थिए।भोजन ग्रहण पश्चात कोही नाच्दै रमाइरहेका थिए।वनभोज इष्टुका केन्द्रीय उपाध्यक्ष देवीदत्त संयोजक र सदस्यहरुमा ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष सुरेन्द्र मिश्र, उपाध्यक्ष विष्णु आले,सचिव केशव श्रेष्ठ,काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट,सचिव भुपाल थिए।







newskiran.com

newskiran.com

You May Also Like