भ्यालेन्टाइन डे मा कस्तो रोज दिनुपर्छ पढौँ र जानौँ

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ मा इटालीको रोमबाट सुरु भएको मानिन्छ। तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास हेर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए ।उनले सम्राटको आदेशको उल्लङ्घन गरेपछि सम्राट्लाई सहृय भएन र सो व्यक्ति(भ्यालेन्टाइन)लाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारभर भ्यालेन्टाइन डे मनाउने प्रचलन थालिएको हो ।

आजभोलि नवयुवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड पनि चलेको पाइन्छ । बदला भाव, झगडा गर्ने, कुलतमा लाग्ने महङ्गा विलासीका सामग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मस्ती गर्नेजस्ता विकृतिहरु संसारभर बढ्दो क्रममा देखिन थालेको छ।

आधुनिक युवापुस्तामा एकदमै विकृति फैलिएको भाव हरठाउँमा महशुस भइरहेको छ ।जसले गर्दा युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङ्गती भित्र्याई रहेको पाइन्छ ।हुन त पवित्र माया प्रीतिमा रम्नेहरुका लागि भने यो प्रेम दिवस ठिकै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवनचाहिँ नारकीय बनिरहेछ ।पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भइरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढदो छ।स्वार्थी माया प्रर्दशन गर्नेहरुको होड नै चलेर गर्लफ्रेन्ड र ब्याइ फ्रेन्ड बनाउने त फेसन बन्दै गएको छ ।

प्रेमी र प्रेमीका बीच रातो रङ्को गुलाफ आदानप्रदान गरी प्रेम–प्रस्तावका रूपमा शुक्रबार संसारभर भ्यालेन्टाइन डेको पहिलो दिन मनाउने गरिन्छ । फूल स्वीकार गर्नेले प्रेम प्रस्ताव स्वीकार गरेको ठहर्छ ।त्यसो त गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङ्को(रातो) गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ र धडकिने छ भन्नु हो ।अझ अर्को अर्थमा भन्दा मुटु तिम्रो लागि हो भन्ने अर्थ भाव यसको रहेको हुन्छ।
पहेँलो गुलाफ भने मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ आदानप्रदान गरिन्छ। हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि प्रेमीप्रेमीकाले अन्जानवश यसको प्रयोग गर्न थालिसकेका छन् ।

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइएको अर्थमा लिइन्छ ।युवायुवतीमा भावुकताले भरिएको सन्देश दिन पनि कहिलेकाहिँ सेतो गुलाफको प्रयोग गरिन्छ।त्यस्तै, कालो गुलाफ बिदाइको प्रतीक हो । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएर सम्बन्ध टुटेको भाव प्रकट गर्न सकिन्छ।

newskiran.com

newskiran.com

You May Also Like